सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा १०० रुपैयाँको गिरावट आएको हो।

बिहीबार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० निर्धारण भएको छ। यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु ५ ले घटेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम भएको छ।

अन्य सम्बन्धित समाचार:  फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?