पोर्चुगलमा कोरोनाबाट तनहुँका युवाको मृत्यु

काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट पोर्चुगलमा तनहुँका २७ वर्षीय तिलबहादुर रानाको मृत्यु भएको छ।

उनको लिस्बनमा उपचारको क्रममा ज्यान गएको हो। राना दुई वर्ष रोजगारीका लागि पोर्चुगल गएका थिए।

एक महिना अघि उनलाई निमोनिया भएको थियो। कोरोना सङ्क्रमण भएपछि रानाको भेन्टिलेटरमा राखी उपचार हुँदै आएको गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले जानकारी दिए।

कोरोनाका कारण हालसम्म पोर्चुगलमा ६ नेपालीको ज्यान गएको छ।

अन्य सम्बन्धित समाचार:  भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण