दलको प्रतिनिधि राष्ट्रप्रमुख हुँदा अहिलेको समस्या आएको होः राणा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर जबराले दलीय प्रतिनिधि राष्ट्रप्रमुख हुँदा मुलकमा विद्यमान समस्या आएको उल्लेख गरेका छन्। अध्यक्ष राणाले बिहीबार भिडियो सन्देश जारी गर्दै राष्ट्रप्रमुखको व्यवस्था फेरि उक्त पदमा राजसंस्थालाई आलंकारकि रुपमा पुनस्र्थापना गर्नु पर्ने धारणा अघि सारेका हुन्।

उनले भने, ‘मलुकमा व्यवस्था सुधार गर्न, हिन्दूराष्ट्र पुनःस्थापना गर्न र राजसंस्थालाई आलङ्कारिक रुपमा राष्ट्रप्रमुख पुनःस्थापना गर्नु आवश्यक भएको छ।’ उनले यही उद्देश्य प्राप्त गर्न राप्रपाले पुस १७ गते काठमाडौंमा विशाल जनप्रदर्शनको आयोजना गरेको जानकारी दिए।

राप्रपाले राजसंस्था र हिन्दूराष्ट्र पूनस्र्थापना, गोलमेच सम्मेलन, भ्रष्टाचार नियन्त्रण, तीन तहको अव्यवहारिक कर खारेजी, महिला हिंसा र छुवाछुतको अन्त्य, वञ्चित र विपन्नलाई आरक्षण, कोभिड व्यवस्थापन लगायतका माग राख्दै सडक प्रदर्शन गर्दै आएको छ।

अन्य सम्बन्धित समाचार:  महिलासंग रंगेहात पक्राउ परेका नेता विकलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित

शुक्रबार ११ बजे भृकुटीमण्डपबाट आरम्भ हुने जनप्रदर्शनमा सहभागी हुन अध्यक्ष राणाले सम्पूण देशभक्त नागरिकहरुलाई आह्वान समेत गरेका छन्।