कोरोनाको नयाँ स्वरुप देखिएपछि दिल्लीमा कर्फ्यू जारी

काठमाडौं। कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि भारतको राजधानी नयाँ दिल्लीमा तीन दिनका लागि कफ्र्यू जारी गरिएको छ। दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले कोरोनाभाइरसको संक्रमण जोखिम रहेका बेला नयाँ वर्षको अवसरमा भीडभाड हुन सक्ने भन्दै बिहीबार, शुक्रबार र शनिबारका लागि कफ्र्यू जारी गरेको हो।

विज्ञप्ति जारी गर्दै डीडीएमएले ३१ डिसेम्बर बिहीबार राति ११ बजेदेखि जनवरी २ शनिबार बिहान ६ बजेसम्म कफ्र्यू लागू रहने उल्लेख गरेको छ। यस समयमा सार्वजनिक ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाउने र नयाँ वर्ष सार्वजनिक स्थानहरूमा निषेध गरिएको छ।

डीडीएमएले कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि सार्वजनिक ठाउँहरुमा भेला वा जमघट हुँदा नयाँ स्ट्रेनको भाइरस फैलिन सक्ने भन्दै सो कदम उठाएको जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु