ओलीको असंवैधानिक कदमले देशमा संकट निम्तियोः देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदले देशमा संकट निम्तिएको बताएका छन्।

बिहीबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेसले आयोजना गरेको भर्चुअल संवाद कार्यक्रममा बोल्दै सभापति देउवाले देश स्थिरताको बाटोमा हिडिरहेका वेला प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संकटतर्फ धकेलेको बताएका हुन्। ओलीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गरेका छन्। ओलीको कदम अलोकतान्त्रिक पनि छ,’ देउवाले भने।

साथै देउवाले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम असंवैधानिक भए पनि अदालतमा मुद्दा परेकाले त्यसकाविरूद्ध कांग्रेसले आन्दोलन गर्ने प्रष्ट् पारेका छन्। देउवा भने, ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन। अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ।’

अन्य सम्बन्धित समाचार:  प्रचण्ड र माधव नेपालबीच गोप्य वार्ता

प्रजातन्त्र, मानवअधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न नसक्ने पनि उनले बताए।