अंशिका शर्मा बनिन् ‘मिस युनिभर्स नेपाल-२०२०’

काठमाडौं। मिस युनिभर्स २०२० को उपाधि अंशिका शर्माले जितेकी छन्। आफ्ना १८ जना प्रतिस्पर्धीहरुलार्ई पछाडि पार्दै उनले उपाधि उचालेकी हुन्।

अस्ट्रेलियाबाट प्रतियोगितामा सहभागिता जनाएकी शर्मा गैरआवासीय नेपाली हुन्। उनले प्रतियोगिताको उपाधिसँगै नगद १० लाख र १५ लाख बराबरको क्राउन समेत जितेकी छन्।

ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गरेको यो प्रतियोगितामा ५ सय युवतीले सहभागिताका लागि आवेदन दिएका थिए। जसमध्येबाट छनौट भएका ९७ जनाले प्रतियोगिताको पहिलो चरणमा सहभागिता जनाएका थिए।

प्रतियोगितामा माल्भिका सुब्बा, अनुपमा कुञ्जेली, चारु चड्डा, अभया सुब्बा, उषा रजत र प्रेरणा शाह निर्णायक थिए।

मिस युनिभर्स नेपालका लागि उत्कृष्ट १८ छनोट