प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ। बिहीबार बसेको बहुमत सांसदको बैठकले मुख्यमन्त्री शेरधन राईलाई हटाएर आचार्यलाई चयन गरेको हो।

यसअघि, अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रचण्ड-नेपाल समूहले आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन्। उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए।

 

अन्य सम्बन्धित समाचार:  बालुवाटार घेराउ गर्न पुगेका नागरिक समाजमाथि प्रहरी धरपकड