लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। पर्साबाट उनलाई पक्राउ गरिएको हो।

महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए। अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट बालबालिका जोगाउन चुनौती: स्वास्थ्यमन्त्री