कोरोनाका कारण विकास निर्माणका कामहरु ओझेलमा: भानुभक्त ढकाल

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसका कारण विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको बताएका छन्। बिहीबार नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री ढकालले कोभिडबाट मानव जीवन जोगाउन सरकारको ध्यान केन्द्रीत हुँदा विकास निर्माण, पर्यटन लगायतका क्षेत्रका कार्यक्रमहरु कार्यान्वन गर्न नसकिएको बताएका हुन्।

कोभिडको कारण पर्यटन वर्ष २०२० स्थगित गर्नुपरेको र यसले पर्यटन क्षेत्रमा ठूलो क्षति निम्त्याएको उनको भनाई छ। उनले कोभिडका कारण ठप्प भएको पर्यटन क्षेत्रको विकासका लागि सरकारले गर्न सक्ने कामहरु गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए।

सरकारले पर्यटन जीवनलाई पनि माथि उकास्न आगामी दिनमा गर्न सक्ने कार्यहरुलाई प्राथमिकता दिएर कार्यान्वयनमा लैजाने पनि मन्त्री ढकालले बताए।

अन्य सम्बन्धित समाचार:  विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय