पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं। कास्कीको पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। फिस्टेल अस्पतालमा उपचारत पोखरा महानगरपालिका २ की ५८ वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार उनीमा बुधबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि