प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैनः सभामुख

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका छन्। बिहीबार विभिन्न दलआबद्ध महिला सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै उनले अहिलेको संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको बताएका हुन्।

त्यस्तै उनले सर्वोच्च अदालतमा पनि त्यहीअनुसारको प्रत्युत्तर दिने तयारीमा रहेको उनको भनाई छ। संविधानको रक्षाका लागि कसरी भूमिका खेल्ने भन्नेबारे बृहत् छलफल गरिरहेको पनि उनले बताए।

संसद् विघटनको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएपछि कारण देखाऊ आदेश जारी भएको छ। सभामुखसँग समेत जवाफ मागिएको छ। प्रत्युत्तरमा अहिलेको परिस्थितिमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नभएको जवाफ अदालतका बुझाउने तयारीमा रहेको उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  भक्तपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु