कोरोना परीक्षणको लागि राष्ट्रियसभा सदस्यहरुको स्वाब संकलन

काठमाडौं। राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस परिक्षणका लागि स्वाब संकलन गरिएको छ। शुक्रबारदेखि राष्ट्रिय सभाको बैठक बस्ने भएकाले त्यसका लागि आज बिहानदेखि राष्ट्रियसभा सदस्य, कर्मचारीहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

शुक्रबारसम्म रिपोर्ट आउने छ। नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र बैठकमा प्रवेश दिइने छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान गरेकी छन्।

राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सतर्कता अपनाउन अध्यक्षको अपिल

 

अन्य सम्बन्धित समाचार:  भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु