देशभर ५३४ जना कोरोना संक्रमित थपिए, ४४७ डिस्चार्ज

देशभर

काठमाडौं। नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ३१२ सहित देशभर उक्त संख्यामा संक्रमित थपिएका हुन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ।

यस्तै, थप ४४७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर ६ हजार ३७८ जना आइसोलेशनमा छन् भने ३ सय ६२ जना क्वारेन्टाइनमा छन्। २ सय ३६ जना आइसियु र ३६ जना भेन्टिलेटरमा छन्।

अन्य सम्बन्धित समाचार:  कर्णाली प्रदेश– काँग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने

२४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ।