सेयर बजार नयाँ उचाईमा, बजार परिसूचक २५ अंकले बढ्याे

काठमाडाैं। सेयर बजारमा राजनीतिक प्रभाव पर्न सकेकाे छैन्। बिहीबार सेयर नयाँ उचाईमा पुगेसँगै यसै कुराकाे पुष्टि हुन्छ। बिहीबार बजारको परिसूचक २५ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २ हजार ८७ अंकमा पुगेको छ।

बिहीबार ५ अर्ब ७० करोड रुपैयाँको सेयर किनबेच हुँदा लगानीकर्ताहरु उत्साहित भए। आाज बैंकिङ समूहको शेयर लगानीकर्ताहरुले सर्वाधिक धेरै कमाउन सफल रहे‌। बैंकिङ समूह  ३० अंकले बढेको छ।

त्यस्तै ब्यापार समूह १८७, होटल १, विकास बैंक १४, जलविद्युत ४, फाइनान्स ४, उत्पादन २, अन्य २३, जीवन बीमा समूह १७२ अंकले बढेका छन्। माइक्रोफाइनान्स समूह १ अंकमुनि हरियो रह्यो भने निर्जीवन बीमा समूह ९६ अंकले घटेको छ। यस दिन साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत मूल्य कमाएका छन्। त्यस्तै एभरेष्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ३.७ प्रतिशतले घटेको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन तीन दलको माग

कारोबारका आधारमा हिमालय डिस्टलरी अग्रस्थानमा रहन सफल रह्याे। सो कम्पनीको ४६ करोड ८८ लाख रुपैयाँको कारोबार भयो भने मूल्य ३.५७ प्रतिशतले बढेर प्रतिकित्ता ५२८० रुपैयाँ कायम भएको छ।

नेपाल लाइफ इन्स्योरेन्सको ३७ करोड रुपैयाँको कारोबार भयो। सो कम्पनीको मूल्य प्रतिकित्ता २.१४ प्रतिशतले बढेर २२९५ रुपैयाँ कायम भएको छ। नागरिक लगानी कोषको २८ करोड ७८ लाखको कारोबार भयो। मूल्य १.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३४३० रुपैयाँ कायम भएको छ।