प्रदेश १: मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेपछि दाहाल-नेपाल समूह असन्तुष्ट

माेरङ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध हस्ताक्षर अभियान चलाएपछि प्रदेश १ मा राजनीतिक संकट गहिरिँदै गएकाे छ। प्रदेशका १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई राईले पदमुक्त गरेसँगै विवाद बढ्दै गएकाे बुझिएकाे छ।

यसैबीच आङ्बोलाई निलम्बन गरेका राईलाई नेकपा दाहाल-नेपाल समूहले बिहीबार संसदीय दलबाटै हटाइदिएको छ। यसबारे लिखित जानकारी प्रदेशसभालाई गराइएको छ। यसअघि राईले आफूमाथि कारबाही गर्ने समूहका सांसदलाई लिखित स्पष्टीकरण सोधेका थिए।

तर, बिहीबार उनलाई नै संसदीय दलको नेताबाट हटाइएकाे छ। त्यसको जवाफमा दाहाल-नेपाल समूहका १५ सांसदलाई मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले निलम्बन गरिदिएका हुन्।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक: उपप्रधानमन्त्री