कोहली र स्मिथलाई पछि पार्दै विलियम्सन टेष्ट ब्याट्स्म्यानको शीर्ष स्थानमा

टेस्ट

एजेन्सी। आईसीसीको टेष्ट ब्याटिङ्ग वरीयतामा न्युजिल्याण्डका कप्तान केन विलियम्सन शीर्ष स्थानमा उक्लिएका छन्। विराट कोहलीलाई पछि पार्दै कप्तान विलियम्सन टेष्ट वरियताको नम्बर एकमा उक्लिएका हुन्।

आईसीसीले पछिल्लो वरीयतामा कोहली दोस्रो र अष्ट्रेलियाका भेट्रान स्टिभ स्मिथ तेस्रो स्थानमा रहेका छन्। भारतका कप्तान कोहलीको ८ सय ७९ तथा स्मिथको रेटिङ्ग पोइन्ट ८ सय ७७  रहेको छ।टेस्ट वरीयता

सन् २०२० मा विलियम्सले ४ टेष्ट म्याच खेल्दै ४ सय ९८ रन बनाए। यस वर्ष उनको औसत ८३ रहन पुग्यो। यस वर्ष विलियमसनले २ शतक र १ अर्धशतक प्रहार गर्न सफल भए।

शीर्ष ब्याट्सम्यानको चौथो नम्बरमा मार्नस लाबुशेन चौथो स्थानमा रहेका छन्। यता टेष्टको बलिङ्ग वरीयतामा अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा छन्।

अन्य सम्बन्धित समाचार:  नेपाली क्रिकेट टोलीको घोषणा