बैतडीमा खरमा लगाइएको आगोले पोल्दा बालिकाको मृत्यु 

बैतडी। खरमा लगाइएको आगोले पोलेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका –३  साउन खेतका मानवीर साउदका ४ वर्षीय छोराले घर पछाडि रहेको खरमा आगो लगाउँदा बालिकाको मृत्यु भएको हो।

बालकले लगाएको आगोमा परी साथमा रहेकी उनकै २ वर्षीया बहिनी रेखा साउदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। अहिले आगो नियन्त्रणमा आएको र घरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुरमा मोटरसाइकल दुर्घटनाः बेलौरीका एक जनाको मृत्यु