प्रधानमन्त्री कप: गण्डकी प्रदेश ७ रनमै अल आउट, नौ खेलाडी शून्यमा आउट

प्रधानमन्त्री कप

काठमाडाैं। प्रधानमन्त्री कप महिला क्रिकेटमा गण्डकी प्रदेश ७ रनमा अल आउट हुँदै प्रदेश १ सँग १ सय ४० रनको फराकिलो हार बेहोरेको छ।

दाङको लमहीमा प्रदेश १ ले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ८ ओभरमा ७ रन बनाउँदै अल आउट भएको हो। गण्डकी प्रदेशका नौ खेलाडी शून्यमा आउट भए। कुसुम गोदार र सोनिया थापाले २/२ रन बनाए।
बलिङतर्फ प्रदेश १ का लागि संगीता राईले ५ र सबनम राईले ४ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। उसका लागि काजल श्रेष्ठले ५२, रोमा थापाले ५१, र रुविना क्षेत्रीले १५ रन बनाएका थिए। प्रदेश १ यसअघि नै सेमिफाइलनमा पुगिसकेको छ भने गण्डकी बाहिरिइसकेको छ।
सम्बन्धित समाचार
अन्य सम्बन्धित समाचार:  आईपीएलः मुम्बईले कोलकतालाई हरायो