चोटग्रस्त उमेश यादवले सिरिजका बाँकी खेल गुमाउने

टेस्ट सिरिज

एजेन्सी। अष्ट्रेलियाविरुद्धको तेस्रो टेष्ट खेल अघि भारतीय टिमका तीव्र गतिका बलर उमेर यादव सिरिजबाट बाहिरिएका छन्।

३३ वर्षीय बलर उमेशको अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टको तेस्रो दिनको खेलका क्रममा खुट्टाको मांशपेशीमा चोट परेकाे थियो। चोटका कारण मोहमद शामी र इशान्त शर्माको अभाव खट्किरहेको भारतीय टिमलाई उमेशको बहिर्गमनले थप दबाब बढेको छ।

मेलबर्न टेष्टमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै भारतले सिरिज १–१ को बराबरी गरेको थियो। तेस्रो टेष्ट जनवरी ७ मा सिड्नीमा हुनेछ।

४ टेस्टको सिरिज १-१ को बराबरीमा छ।