नयाँ वर्ष सन् २०२१ सुरु

काठमाडौं। आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२१ सुरु भएको छ।

जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् सुरुवात भएको मान्यता छ। नेपालसहित विश्वभर नयाँ वर्ष आपसमा शुभकामना आदान प्रदान गरी मनाइरहेका छन्।

इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन्। ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ‘ग्रेगोरियन पात्रो’ पनि भन्ने गरिन्छ। नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ।

अन्य सम्बन्धित समाचार:  रसुवामा टिपर दुर्घटना, २ जनाको मृत्यु

इस्वी संवत्को नयाँ वर्षको अवसरमा यस वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण भीडभाड हुने गरी कुनै पनि कार्यक्रमहरु आयोजना गरिएका छैनन्।