शंकर पोखरेल भन्छन्, ‘लोडसेडिङ अन्त्य कुलमानले होइन, ओलीले गरेका हुन्’

प्युठान। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले भारतसँग प्रसारण लाइन र विद्युत् खरिद सम्झौता गरेका कारण लोडसेडिङको अन्त्य भएको बताए।

ओलीको भूमिकाको अवमूल्यन गगरी लोकमानका कारण लोडसेडिङ अन्त्य भयो भनेर मनोविज्ञान तयार गरिएको उनको भनाइ थियो। ‘कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्‍यो भनेर गलत प्रचार गरिँदै छ’ पोखरेलले भने।

ओली भारत भ्रमणमा जाँदा नेपाल–भारत सम्बन्धको इतिहासमा सबैभन्दा बढी स्वागत–सत्कार पाएको उनले बताए। भारत भ्रमणकै कारण १८ घण्टाको लोडसेडिङ अन्त्य हुने आधार बनेको पोखरेलले बताए।

अन्य सम्बन्धित समाचार:  सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौँः प्रचण्ड