चीनमा भेटियो नयाँ स्वरुपको कोरोना भाइरस

अमेरिका कोरोना

एजेन्सी। चीनमा नयाँ स्वरूपको कोरोना भाइरस फेला परेको छ।

एक वर्ष अघि कोरोना भाइरसको शुरुवात चीनबाटै भएको थियो। त्यसको वर्ष दिनपछि चीनमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको हो।

चीनको वुहान हुँदै विश्वभर पुगेको कोरोनालाई नियन्त्रण गर्न नपाउँदै फेरी भाइरसको नयाँ प्रकार फेला परेको छ। चीनकी २३ वर्षीया महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ।

यसअघि नयाँ स्वरुपको कोरोना भाइरस बेलायतमा पनि भेटिएको थियो। नयाँ फेला परेको कोरोना भाइरसको संक्रमण गति तीब्र रहेको बताइएको छ।

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि विश्वका धेरै देशले बेलायतसँगको आवातजावत बन्द गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने