अज्ञात समुहद्वारा प्रदेशसभा समिति सभापतिको गाडीमा आगजनी

काठमाडौं। कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा अज्ञात समुहले आगजनी गरेको छ। जाजरकोट (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी भेरी नगरपालिका ७ पुन्मामा बुधबार राति आगजनी भएको हो।

आगजनीबाट गाडी पूर्णरुपमा नोक्सान भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रहरीले अहिलेसम्म आगजनी गर्ने कसैलाई पनि पक्राउ गर्न सकेको छैन। तर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।