ब्रेक्जिटबाट बाहिरियो बेलायत

एजेन्सी। युरोपियन युनियनसँग ब्रेक्जिट सहमतिबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतका लागि नयाँ युग सरु भएको छ।

यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहयोगको प्रतिस्थापनको व्यवस्था लागू भएपछि बेलायत ईयूबाट स्वतन्त्र भएकोहो। प्रधानमन्त्री बोरिस जोनसनले बेलायत ब्रेक्जिटबारे निर्णय गर्न स्वतन्त्र रहेकाले लामो छलफलपछि निर्णयमा पुगेको बताए।

नयाँ वर्षको शुभकामना सन्देश दिँदै जोनसनले ईयूसँग ब्रेक्जिट सम्झोता तोडिए पनि दुवै पक्षले स्वतन्त्र रुपमा व्यापारमा सहभागी हुन पाउने बताए। केही हप्ता नयाँ नियमहरु कार्यान्वयनमा नआएसम्म सीमामा केही समस्या भएपनि चाँडै हल गरिने उनले बताए।

नयाँ व्यवस्था अनुसार बेलायतका उत्पादनहरु ईयूको आन्तरिक बजारमा लैजान कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। बेलायत र ईयू आवद्ध राष्ट्रहरुमा हुने व्यापारमा थप कर नलगाउने सहमति भएको बीबीसीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  दक्षिण अफगानिस्तानमा बम विस्फोट चार सर्वसाधारणको मृत्यु