राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज सरकारविरूद्ध काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।

सरकार चौतर्फी रूपमा असफल भएकाले विरोध प्रदर्शन गर्न लागिएको राप्रपा केन्द्रीय सदस्य विन्दा गिरीले जानकारी दिइन्। उनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका पक्षमा समेत प्रदर्शन गर्न लागिएको बताइन्।

बिहान साढे एघारपछि राप्रपाले भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको छ।

अन्य सम्बन्धित समाचार:  एमाले प्रवेश गरेका माओवादी सांसद पदमुक्त