वामदेव र प्रचण्डबीच भेटवार्ता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड-नेपाल नेतृत्वको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगर गौतमले भेट गरेका हुन्।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड नेपाल समूहका सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताएका छन्।

नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन्।

पूर्वमाओवादीका रामबहादुर थापा केही दिनको अन्यौलपछि ओली समूहमा लागेका थिए। वामदेवले भने अहिलेसम्म आफ्नो कित्ता क्लियर गरेका छैनन्।

अन्य सम्बन्धित समाचार:  कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित