काठमाडौं। नेपाली बजारमा शुक्रवार पनि सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँले उकालो लागेको हो।
शुक्रवार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार १०० मा कारोबार भएको थियो। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार कायम भएको छ।
यस्तै, शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।