राष्ट्रिय पोशाक दिवस मनाइयो

काठमाडौं। हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित शुक्रबार राष्ट्रिय पोशाक दिवस मनाइएको छ। राष्ट्रिय पोशाक संरक्षण महाअभियानको पहलमा नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित २०७० साल यता पुष १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाइँदै आएको छ।

दिवसको अवसरमा काठमाडौंकाे माइतीघरमा सद्भाव-याली निकालिएको छ। नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुट्नुपरेको आयोजकको भनाइ छ।

नेपालमा रहेका सम्पूर्ण जातजातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको उनीहरु बताउँछन्।

 

अन्य सम्बन्धित समाचार:  हतियारसहित एकजना पक्राउ