नेकपा विभाजनको असर प्रदेश २ मा पनि देखियाे, मण्डललाई हटाउने तयारी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेश २ मा पनि देखिएको छ। दाहाल–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको बुझिएकाे छ।

ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने गरी अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन। जसमध्ये २० जना आफूहरूको पक्षमा रहको दाहाल–नेपाल पक्षको दाबी रहेकाे छ।

३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइएको हो। आइतबार बस्ने संसदीय दलको बैठकबाट मण्डललाई हटाउने दाहाल–नेपाल समूहको तयारी छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ४९६ जनामा कारोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु