चन्द्रागिरि हिल्सको आईपीओ पुस २४ बाट

काठमाडौं। चन्द्रागिरि हिल्सले पुस २४ देखि सर्वसाधारणकाे लागि आईपीओ शेयर बिक्री गर्ने भएको छ।

कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्री गर्ने भएकाे हो। जसमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेर बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

उक्त आईपीओ छिटोमा पुस २८ गते र उक्त समयमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ। आवेदकले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

अन्य सम्बन्धित समाचार:  फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसअघि आयोजना प्रभावित काठमाडौं र मकवानपुरका बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ।

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्‍नेछ।