ओमान जाँदै हुनुहुन्छ? कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य छ है!

ओमान

काठमाडाैं। ओमान जाने नेपाली नागरिकले अनिवार्य रुपमा कोरोना नेगेटिभ देखाएको ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने भएको छ। उक्त पीसीआर रिपोर्ट अंग्रेजी भाषामा भएको हुनुपर्ने अनिवार्य गरिएको छ।

त्यहाँको नागरिक उड्ययन प्राधिकरणले ओमान प्रवेश गर्ने नेपालीहरुको लागि स्वास्थ्यसम्बन्धी मापदण्डहरु अनिवार्य पालना गर्न आग्रह गरेको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ।
बीमा पनि अनिवार्य

अब नि:शुल्क उपचार भएका व्यक्तिबाहेक अरु सबै यात्रुले कोरोनाको उपचार समेत समेटिएको अन्तर्राष्ट्रिय स्वास्थ्य बीमा पनि अनिवार्य साथमा हुनुपर्ने छ।

Tarassud+ एप डाउनलोड अनिवार्य

यस बाहेक ओमान प्रवेश गर्ने नेपालीले अब आफ्नो मोबाइलमा Tarassud+ एप डाउनलोड गरेको हुनुपर्नेछ। यो अनिवार्यता १५ वर्ष मुनिका बालबालिकाहरुलाई लागू हुनेछैन।

अन्य सम्बन्धित समाचार:  चौकीमा तोडफोड, दुई प्रहरी घाइते

दूतावासका अनुसार ओमानकाे नागरिक उड्ययन प्राधिकरणको स्वास्थ्य मापदण्ड अनुसार ओमान पुगेपछि सबैले सातदिनसम्म क्वारेण्टाइनमा बस्नुपर्नेछ।