९ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

ललितपुर। ललितपुरमा एक ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापा घर भई ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले नियन्त्रणमा लिएको हो।

९ वर्षीय बालिकालाई ललाइ फकाइ करणी गरेको जानकारी पाएपछि नियन्त्रणमा लिएको परिसरका एसपी प्रज्वल महर्जनले जानकारी दिए। अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।