काठमाडाैं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजारमा पहिलो पटक न्युनतम १०९ रुपैयाँ र अधिकतम ३२८ रुपैयाँबाट कारोबार खुला हुने भएको छ।
कम्पनीले पुस १६ गते नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकृत गरेको थियो। कम्पनीले नेप्सेमा २ करोड कित्ता प्राथमिक शेयर सूचीकृत गरेको छ।
कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो। उक्त परिमाणको शेयर पुस ९ गते बाँडफाँड गरिएको थियो। लगानीकर्ताले आइतबादेखि नेपाल स्टक एक्सचेन्जबाट कारोबार गर्न सक्नेछन्।