सर्वपक्षीय सम्मेलनमार्फत हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न कमल थापाकाे माग

काठमाडौं। सर्वपक्षीय सम्मेलनमार्फत हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले माग गरेका छन्। त्यसाे नगरिए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनले चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा राप्रपा अध्यक्ष थापाले हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको उल्लेख गरे।

हिजोकाे कठिन परिस्थितिमा राप्रपाले अघि सारेकाे‍ मुद्दा अब आम नेपालीको एजेण्डा बनिसकेको बताउँदै उनले कसैले चाहे पनि नचाहे पनि घरघरमा बहस हुन थालेको उनकाे धारणा थियाे।

सिंहदरबार र शीतल निवासका शासकहरुलाई सार्वजनिक आह्वान भन्दै राप्रपा अध्यक्ष थापाले देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्‍यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएकाे उद्घाेष गरे।

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने