४ सय २६ संक्रमित थपिए: ७४८ जना डिस्चार्ज

संक्रमित

काठमाडौं। नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको नमूना परीक्षणमा देशभर ४ सय २६ नयाँ संक्रमित थपिएका हुन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ सय ४८ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ।

हाल देशभर ६ हजार ४८ आइसोलेसन र ३ सय ६७ जना क्वारेन्टाइनमा रहेका छन्।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ६४ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि