राष्ट्रिय फुटबल टोलीले पोखरामा अभ्यास गर्ने

काठमाडौँ। राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता अभ्यास गर्ने भएको छ। अखिल नेपाल फुटबल सघं (एन्फा)ले विश्वकप छनोटका लागि पोखरामा अभ्यासको व्यवस्था गरेको हो।

माघको पहिलो साता खेलाडी अभ्यासका लागि पोखरा जानेछन। दुई सातामा खेलाडीलाई पोखरामा विशेष प्रशिक्षण क्याम्पमा राखिने छ।

एन्फाका केन्द्रिय पदाधिकारी खेलाडीको बसोबास ब्यवस्थापनका लागि पोखरा गएका छन। कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको टोलीमा ५८ खेलाडीलाई पहिलो चरणमा बोलाइएको थियो। त्यसबाट शुक्रबार १४ खेलाडीलाई बाहिर राखेको छ।

पोखरामा दुई साताको प्रशिक्षण सकेपछि टोलीको आकार घटाइनेछ। फिफा विश्वकप छनोटका लागि नेपाली टोली हाल बन्द प्रशिक्षणमा छ।

नेपालले चैत अन्तिममा चाइनीज चाइपेई र अष्ट्रेलियासँग खेल्नेछ।

अन्य सम्बन्धित समाचार:  आइपिएल– बेंगलोर र हैदराबाद भिड्दै