देशमा स्थिरता कायम गर्न संसद् विघटन : गृहमन्त्री थापा

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद् विघटन गरेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको शुक्रबार ललितपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सरकारले चालेको कदम संवैधानिक भएको बताए। सरकारले अग्रगामी कदम चालेको उनको भनाइ थियो।

देशमा फेरी स्थायित्व ल्याउन तथा कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि निर्वाचन आवश्यक रहेको मन्त्री थापाले बताए। देशमा स्थिरता नचाहने पक्षले संसद् पुनर्स्थापनाको माग गर्दै आन्दोलन गरिरहेको उनको आरोप थियो।

अन्य सम्बन्धित समाचार:  बागमती प्रदेशसभा बैठक बस्दै