काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दै छ।
काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भेला आयोजना गरेको छ। भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली, रामबहादुर थापा, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने छन्।
यस अघि बुधबार पनि ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला गरेको थियो।