बिग ब्याश लिग: सन्दीपको २ विकेटमा हरिकन्सको जित

बिग ब्याश

काठमाडौं। बिग ब्याश लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकन्सले मेलबर्न स्टार्सलाई २१ रनले पराजित गरेको छ। आफ्नै पूर्व टिमलाई २१ रनले हराउने क्रममा सन्दीप लामिछानेको २ विकेटको योगदान रह्यो।

पूर्व क्लब मेलबर्नविरुद्ध सुरुवाती-११ मा पर्दै हरिकन्सका लागि डेब्यु गरेका सन्दीपले ४ ओभरमा ३८ रन खर्चिएर २ विकेट लिएका हुन्। उनले

मेलबर्नका हिल्टन कार्टराइटलाई बोल्ड र बेन डङ्कलाई म्याक्डर्मटको हातबाट क्याच आउट गराएका हुन्।

सम्बन्धित समाचार

सन्दीप लामिछानेले बिग बासमा शनिबार पहिलो खेल खेल्ने

बेलरिभ ओभल होबर्टमा हरिकन्सले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो। मेलबर्नका लागि ग्लेन म्याक्स्वेलले ७० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार जोगाउन सकेनन्।

अन्य सम्बन्धित समाचार:  आइपिएल– बेंगलोर र हैदराबाद भिड्दै

यस्तै साम रेनबर्डले १५ तथा निकोलस पुरनले १४ रन बनाए। बलिङतर्फ हरकन्सका स्कट बोलन्डले ३ विकेट लिए। सन्दीपसँगै नेथन एलिसले पनि २ विकेट लिए।

बिग ब्याश

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हरिकेन्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। उसका लागि डाविड मालनले ७५ रनको अर्धशतकीय इनिङ्स खेल्दा बेन म्याक्डर्मटले ३१ रन बनाए। कोलिन इङ्ग्रामले २६ रन जोडे।

बलिङतर्फ मेलबर्नका बिलि स्टानलेकले ३ विकेट लिए।

मेलबर्नलाई हराएसँगै हरिकन्सले ७ खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। मेलबर्न ६ खेलमा ११ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ।