देशभर ४१९ कोरोना संक्रमित थपिए, ७५० जना डिस्चार्ज

संक्रमित

काठमाडौं। देशभरमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ।

यस्तै, थप ७५० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर ५ हजार ७११ जना आइसोलेशनमा छन् भने ३ सय ६७ जना क्वारेन्टाइनमा छन्।

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७०ब पुगेको मन्त्रालयले जनाएको छ।
अन्य सम्बन्धित समाचार:  टेकुमा कोरोना संक्रमितको मात्र उपचार हुने