प्रधानमन्त्री कप: लुम्बिनीलाई हराउँदै प्रदेश १ फाइलनमा

प्रधानमन्त्री कप

काठमाडाैं। लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै प्रदेश १ प्रधानमन्त्री कप क्रिकेटको फाइलनमा पुगेको छ।

दाङको लमहीमा लुम्बिनी प्रदेशले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा कुनै पनि विकेट नगुमाइ भेटायो। उसका लागि रुवीना क्षेत्रीले २६ र काजल श्रेष्ठले २२ रन बनाए।
सम्बन्धित समाचार
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १४ ओभर १ बलमा अलआउट हुँदै ५२ रन बनाएको थियो। उसका लागि नितु भण्डारीले २१ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ प्रदेश १ की निमा तामाङ र संगीता राईले २/२ विकेट लिए। प्रदेश १ ले उपाधिका लागि यसअघि फाइनलमा पुगिसकेको एपीएफसँग आइतबार खेल्नेछ।

अन्य सम्बन्धित समाचार:  नेपाली क्रिकेट टोलीको घोषणा

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने छ। उप विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५/२५ हजार रुपैयाँ पाउनेछन्।