बारामा कारले ठक्कर दिँदा बाघको मृत्यु

बारा

बारा। पूर्वपश्चिम राजमार्गको बारा– जितपुर खण्डमा कारको ठक्करबाट एउटा पाटेबाघ मरेको छ। जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा १६ च ८११ नम्बरको कारले ठक्कर दिएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारको ठक्करबाट बाघ मरेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ।
अन्य सम्बन्धित समाचार:  टिपर र बस ठोक्किँदा १७ जना घाइते