पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु

माेटरसाइकल

भावना पाैडेल, डडेलधुरा। कैलालीकी एक महिलाको पाटे बाघको आक्रमणबाट मृत्यु भएको छ। लम्किचुहा नगरपालिका–४ की ५० वर्षीया नन्कला थापाको पाटे बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

२२ वर्षीय छोरा सन्तोस थापासँगै शुक्रबार माेटरसाइकलमा नेपालगन्जबाट घर फर्किँदै गरेकी उनलाई बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको सडकमा पाटे बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय लम्किले जनाएको छ।

पाटे बाघ

शुक्रबार साढे ८ बजेदेखि बेपत्ता उक्त महिलाको शव शनिवार बिहान फेला परेको हो। घटनास्थल नजिकै उनको शव फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकल चलाइरहेका उनका छोरालाई सामान्य चोट लागेको छ।

 

सम्बन्धित समाचार

बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु
बर्दियामा दुई महिनामा बाघले ६ को ज्यान लियो

घटनासँगै बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको सडकमा रातिको समयमा मोटरसाइकलमा यात्रा गर्न जोखिमपूर्ण रहेको भन्दै रोक लगाउने विषयमा लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक भरत शाहले बताए।

अन्य सम्बन्धित समाचार:  काठमाडौंबाट दैलेख जाँदै गरेको बस दुर्घटना: सात जना गम्भीर घाइते