काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रणनीतिबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

गएको ७ गतेदेखि सुरु भएको बैठक सरकारविरुद्ध प्रदर्शन र मेलमिलाप दिवसको कार्यक्रममा केन्द्रीत हुने भन्दै ९ गतेसम्म बसेर स्थगित भएको थियो। त्यसैलाई निरन्तरता दिँदै बैठक आइतबार पनि बस्न लागेको हो।

प्रतिनिधि सभा विघटनपछि कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ भने सरकारको कदमलाई असंवैधानिक भन्दै आएको छ। तर यसबारे पार्टीका शीर्ष नेताहरुबीच नै मत बाझिएको छ।

 

अन्य सम्बन्धित समाचार:  एमाले सांसद झपटबहादुर बसेको घरमा ढुंगा प्रहार