संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लगाइदिएः बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले दुःख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लगाइदिएको बताएका छन्। आइतवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुपुत्रको संज्ञा दिँदै ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गर्नुलाई उनले ‘आगो लगाएको’ रूपमा उल्लेख गरेका हुन्। उनले लेखेका छन्, ‘एक आर्किटेक्टको अनुभूतिस्जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो,’ सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र र कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए।’

उनले घरझगडामा छिमेकी भने रमिते बनेको बताएका छन्। ‘केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन्। छिमेकी रमिते१ लौन आगो निभाऊँ’ उनले भनेका छन्।

अन्य सम्बन्धित समाचार:  सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौँः प्रचण्ड

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदमको जसपाले विरोध गर्दै आइरहेको छ।