बर्दिया राष्ट्रिय निकुञ्जमा रातको समयमा यात्रा गर्न नपाइने

भावना पाैडेल, डडेलधुरा। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा यात्रा गर्न नपाइने भएको छ। शुक्रवार राती मोटरसाईकलमा सवार कैलालीकी एक महिलालाई निकुञ्ज क्षेत्रमा बाघले झम्टिएर मारेपछि रातिको समयमा यात्रा गर्न रोक लगाइएको हो।

निकुञ्ज क्षेत्रमा राति ८ बजेदेखि विहान ६ बजेसम्म मोटरसाईकल, साईकल जस्ता साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। दिउँसोको समयमा पनि सवारीहरू दशको संख्यामा जम्मा भएपछि मात्रै यात्रा गर्न दिइने नियम लागू गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

शुक्रबार कैलालीको लम्किचुहा नगरपालिका ४ कौवापुरकी ५० वर्षिया नन्दकली थापालाई राति दश बजेतिर छोरा सन्तोषसंग मोटरसाईकलमा कोहलपुरबाट घर जादै गर्दा बाघले आक्रमण गरेको थियो।

पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु

अन्य सम्बन्धित समाचार:  भक्तपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु