भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं। बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारत दाङको लमही नगरपालिका ८ कि ६५ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

आईसीयूमा भर्ना भएकी उनलाई रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गरिए पनि मृत्यु भएको अस्पतालले जनाएको छ। उनको मृत्यु भएसँगै बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ७७ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ४६० जनामा कोरोना संक्रमण पुष्टि