राष्ट्रपति कार्यालयले संसद् विघटनको लिखित जवाफ सर्वोच्चमा पेस गर्दै

काठमाडौं। संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ राष्ट्रपति कार्यालयले आज (आइतबार) बुझाउँदै छ। संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आइतबारसम्मको समयसीमा दिएको थियो।

संवैधानिक कानुनी परामर्श सबै सकिएको र लिखित जवाफ पेस गर्ने तयारीमा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन्।

अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने जिकिर गर्दै सर्वोच्च अदालतमा एक दर्जन रिट दायर भएका थिए।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल थापाको राष्ट्रिय सभाको संसद पद गुम्यो

गत पुस १० गते संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै अर्को पेसी पुस २२ गतेका लागि तोकेको छ।