शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित

एजेन्सी। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा साउथह्याम्पटनले लिभरपुललाई १–० गोल अन्तरले हराएको हो।

साउथह्याम्टनको जितमा ड्यानि इन्ग्स्ले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जितसँगै साउथह्याम्टन अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ। उसको १७ खेलमा २९ अंक छ।

शीर्ष स्थानको लिभरपुलको ३३ अंक छ।

अन्य सम्बन्धित समाचार:  पीएम कपः फाइनलका लागि एपीएफ र पुलिस भिड्दै