प्रचण्ड–नेपाल समूहद्वारा शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई कारवाही

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड– माधव कुमार नेपाल समूहले पार्टीको गण्डकी प्रदेशको इन्चार्जबाट पृथ्वी सुब्बा गुरुङ तथा लुम्बिनी प्रदेशको इन्चार्जबाट शंकर पोखरेललाई हटाएको छ।

पेरिसडाँडामा सोमबार बसेको स्थायी कमिटी बैठकले गण्डकीमा गुरुङको ठाउँमा देवेन्द्र पौडेल तथा लुम्बिनीमा पोखरेलको ठाउँमा युवराज ज्ञवालीलाई इन्चार्जको जिम्मेवारी दिएको छ।

बैठकले गण्डकी प्रदेशको सह–इन्चार्जबाट किरण गुरुङलाई समेत हटाएको छ । उनको ठाउँमा तुलबहादुर गुरुङलाई जिम्मेवारी दिने निणर्य गरेको छ।

प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई राखिएको छ।

अन्य सम्बन्धित समाचार:  संसद विघटनविरुद्ध जसपाले देशभर जनसभा गर्ने